एभरेष्टसँग सगरमाथाको कुनै लिनुदिनु छैन : प्रधानमन्त्री ओली


  प्रकाशित मिति : २०८२ बैशाख १८ गते, २:४०

बैशाख १८
आजदेखि कोशी प्रदेश सरकारको लगानी सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्‌घाटनको क्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको अर्को नाम नरहेको बताएका छन् ।

सगरमाथालाई माउण्ट एभरेष्ट भनिन्छ । सगरमाथाको अर्को नाम माउन्ट एभरेष्ट नक्कली भएको प्रधानमन्त्री ओलीले दाबी गरे ।

‘एभरेष्टसँग माउन्ट एभरेष्टको समगरमाथाको कुनै लिनदिनु छैन, त्यसकारण यो नक्कली नाम हो,’ उनले भने, ‘हामीले सगरमाथा नै भन्नुपर्छ, प्रपर नाउन भनेको अर्को हुँदैन, त्यसैले सगरमाथा इज सगरमाथा ।’

हिमालको चर्चा गर्ने क्रममा प्रधानमन्त्री ओलीले माउन्ट एभरेस्टसँग सगरमाथाको कुनै साइनो नभएको दाबी गरे । ‘माउन्ट एभरेष्ट भनेर सगरमाथाको नाम जसको नाममा राखियो । उनी एउटा ब्रिटिस एभरेष्ट नाम गरेका व्यक्ति हुन् । ती व्यक्तिले सगरमाथा होइन, ल्होत्से चाहिँ अग्लो छ भनेर हिसाब निकालेका थिए,,’ उनले भने, एभरेष्टसँग सगरमाथाको कुनै लिनुदिनु छैन ।’

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।