पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–२ मा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेहरुमध्ये ७ जना भारतीय नागरिक छन् । काठमाडौंबाट महोत्तरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२१६ नम्बरको को आज बिहान साढे चार बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना भएको हो । रौतहट प्रहरीका अनुसार बस अनियन्त्रित भएर सडकबाट करिब ७ फिट तल खस्दा सात भारतीय नागरिकसहित १० जना घाइते भएको हो । बसमा २५ जना सवार थिए । घाइते हुनेहरुमा भारत सितामढी जिल्ला बस्ने वर्ष ४४ की रेखा देवी, वर्ष २२ की जहदेवी झा, वर्ष ११ का बिसु कुमार पटेल, दरभंगा जिल्ला बस्ने वर्ष २६ का मोहमद अमज र मोहमद अकिल छन् । यस्तै वर्ष ३८ की नरगिस खातुन र वर्ष २ का आयस प्रतिक पनि घाइते भएको प्रहरिले जानकारि दिएको छ। यस्तै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– १ का २३ वर्षीय अनुष्का निगम, जनकपुरका ३५ वर्षीया सन्तोषी ठाकुर र महोतरी जलेश्वर नगरपालिका ४ की ४३ वर्षीय पुनम ठाकुर पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






