बीपी राजमार्गका नौ स्थानमा सडक मर्मत सकियो,७ स्थानमा मर्मत कार्य जारी


  प्रकाशित मिति : २०८२ अशोज २३ गते, ४:१६

बाढीले क्षतिग्रस्त बीपी राजमार्गका नौ स्थानमा पुनर्निर्माण सम्पन्न भएको छ । सडक विभागले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार अब ७ स्थानमा मर्मत कार्य जारी रहेको छ । बाढीले क्षति गरेको ३ हजार ८४२ मिटर सडकमध्ये १ हजार ८४५ मिटर सडक पुनर्निर्माण भइसकेको विभागले जनाएको छ । विभागका अनुसार डालाबेँसी ५ सय मिटर,  कालढुंगा ४१०, नार्के ५० मिटर, गिम्दिबेँसी ५० मिटर, चार सय बेँसी घुमाउनेमा ८० मिटर, कटुन्जे घुमाउनेमा ३ सय मिटर,  चौकीडाँडामा ३७५ मिटर र दाप्चा पुलमा ८० मिटरमा पुनर्निर्माण सम्पन्न भएको विभागले जनाएको छ । यस्तै गरी अब माम्ती  ४ सय मिटर,अपर माम्ती २३५ मिटर, लोअर पिप्ले २२० मिटर, अपर पिप्ले २२० मिटर बोक्सीकुना २ सय,  चिउसीवास १२० मिटर  र चारसयबेँसीमा ३ सय मिटरमा मर्मत कार्य जारी रहेको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।