कर्णाली करिडोर अवरुद्ध


  प्रकाशित मिति : २०८१ असार २९ गते, १०:२७

मान्म (कालीकोट)- आज बिहान आएको पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा बजारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । 

पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिए । ‘लाफा बजारनजिक लगातार पहिरो खसिरहेको छ’, उनले भने । कर्णाली करिडोरमा पहिरोका कारण सवारीसाधन नियमित रूपमा चल्न नसकेको उनले बताए । 

यसैगरी कर्णाली करिडोरअन्तर्गत हुम्ला सडकखण्ड नौ दिनदेखि अवरुद्ध छ । सिमकोट–हिल्सा सडकखण्डको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो । 

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।