अवरुद्ध कर्णाली राजमार्ग पुनःसञ्चालनमा


  प्रकाशित मिति : २०८१ असार १४ गते, ३:००


असार १४ – पहिरो हटाएपछि अवरुद्ध बनेको कर्णाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । गएराति परेको वर्षाले उक्त सडक–खण्डकमा पहिरो गएको थियो । पहिरो आज बिहान हटाएपछि उक्त राजमार्ग सञ्चालनमा आएको हो । कालीकोट जिल्लाको सिमानामा पर्ने शुभकालिका–१ दहीखोला र कालेखोलाबीचको गगनेखोलामा वर्षाले पहिरो गएको थियो ।


कालीकोट खण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि चल्न सकेका थिएनन अहिले राजमार्ग खुलेपछि यातायातका साधन चल्न थालेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ । कर्णाली राजमार्ग हिउँदमा धुलाम्मे र वर्षातमा पहिरो जाने गर्दै आएको छ । नेपालमा हरेक मनसुनमा बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध हुँदै आएका छन् ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।