गुल्मी–गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा ६ बर्षका बालकको ज्यान गएको छ । गुल्मीको तम्घास–सिमलटारी सडकखण्ड अन्तर्गत रायढुंगामा बिहिवार साँझ छल्दीबाट तम्घास तर्फ आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गुल्मीको मालिका गाउँपालिका २ का ६ वर्षका शिव वि.क को ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार,मृतक बालक टिकाराम वि.क का छोरा हुन् । उनी ट्याक्टरका सहचालकसँग नाता पर्ने भएकाले ट्याक्टरमा सवार थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि गुल्मी अस्पताल लगिएकोमा उनलाई गुल्मी अस्पतालले मृत घोषणा गरेको थियो । ट्याक्टर सडकबाट अन्दाजी ६०÷७० मिटर तल खसेको थियो । ट्याक्टर चालक गुल्मी जिल्ला धुर्कोट गाउँपालिकम ५ वस्तु बस्ने २६ वर्षीय दिपक गोतामे र सहचालक बाग्लुङ्गको वडिगाड गाउँपालिका घर भई हाल जिल्ला गुल्मी रेसुङ्गा नगरपालिका वडा नम्बर ९ उपल्लो तम्घास बस्ने १९ वर्षीय राज कुमार वि.क. घाइते भएका छन् । घाइतेलाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






