विवेकशील साझा पार्टीले जेनजीसहित वैकल्पिक राजनीतिक शक्ति र परिवर्तनकारी शक्ति, अभियान, समूह र अभियन्ताहरुको वृहत एकताका लागि आह्वान गरेको छ । पार्टीका प्रवक्ता आशुतोष प्रधानले वक्तव्य जारी गर्दै समृद्ध नेपालका निम्ति वैकल्पिक राजनीतिक शक्ति, नयाँ दल, जेनजी आन्दोलनका अभियन्ता एवं समूह तथा सार्वजनिक परिचय बनाएका व्यक्तिहरुसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता र बृहत्तर एकीकरण गर्न सबै ढोकाहरु खुला गरेको जनाएका छन् ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







