शपथको तयारीसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की मन्त्रिपरिषद् गठनको तयारीमा जुटेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई मन्त्रीहरूबारे निर्णय गरेर आउन भनेका छन् । ‘सरकार तपाईँले चलाउने हो, सल्लाह गरेर सूची ल्याउनुहोला,’ राष्ट्रपतिको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । कार्कीलाई अन्तिम सरकारको प्रमुखमा चयन गर्ने विषयमा बिहीबार नै सहमति जुटे पनि संसद् विघटनका विषयमा सहमति जुट्न सकेको थिएन । दुवै पक्ष आ–आफ्नो अडान यथावत् रहेका थिए । तर, अन्त्यमा जेनजी अभियन्ताको चेतावनी र सेना प्रमुखको सङ्कटकालको अवस्था आउन सक्ने सुझावपछि संसद् विघटन गर्ने सहमति जुटेको हो । यसअघि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने भएका छन् । कार्कीलाई आजै राति ९ बजे प्रधानमन्त्री पदको शपथ खुवाउने तयारी भएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।