नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनका लागि सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिने आज अन्तिम म्याद रहेको छ । छुटेकाहरुले आजै अनिवार्य रूपमा सदस्यता नवीकरण, तथा नयाँ सदस्यता लिन संघ, समिति, कम्पनी तथा प्रालिहरूलाई महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आग्रह गरेका छन् । महासंघको सातौँ राष्ट्रिय महाधिवेशन आगामी कार्तिक १४ गते हुँदैंछ । महासंघले सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिन सूचना जारी गर्दै आए पनि अझै छुटेकाले आज अन्तिम दिन सम्पूर्ण काम सक्न आग्रह गरिएको सिटौलाको भनाइ छ। अब म्याद थप्ने कुनै तयारी नभएकाले आज नै अन्तिम दिन भएकाले समयको सदुपयोग गर्न उनको आग्रह छ । तोकिएको समयसीमा नाघ्ने संघ–संस्था तथा कम्पनीहरू जिल्ला, प्रदेश र महाधिवेशनमा सहभागी हुन नपाउने समेत उनले स्पष्ट पारे ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







