वीरगञ्ज भन्सारद्वारा विद्युतीय सवारीसाधन आयातबाट एक अर्ब ८0 करोड ४५ लाख राजस्व सङ्कलन


  प्रकाशित मिति : २०८२ साउन १४ गते, ११:५५

गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासकका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन् । सवारीसाधनको आयातबाट दोस्रो धेरै राजस्व सङ्कलन हुँदै आइरहेको छ । गत आर्थिक वर्ष भरिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र रु १७ अर्ब ३१ करोड राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षमा रु छ अर्ब ६0 करोड मूल्यका ५0 हजार २९१ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएका छन् । ती सवारी आयातबाट यस नाकाले रु छ अर्ब ३१ करोड राजस्व सङ्कलन गरेको छ । गत आवमा रु दुई अर्ब ९४ करोड मूल्यका एक हजार ४५४ वटा अन्य बस तथा ट्रकका चेसिस आयात भएका छन् । त्यसैगरी, सोही अवधिमा रु दुई अर्ब एक करोड मूल्यका नौ सय १२ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन् । गत आवमा नै रु एक अर्ब ३७ करोड मूल्यका पाँच जार ७३५ वटा ट्रयाक्टर तथा ट्रिलर आयात भएका छन् । सोही अवधिमा रु एक अर्ब ११ करोड मूल्य पर्ने ४१७ वटा इन्धनबाट चल्ने बस यहाँ भित्रिएका छन् । सोही अवधिमा रु ७१ करोडका एक सय ३९ वटा क्रङ्क्रिट मिश्रण लहरी आयात भएका छन् भने रु ७४ करोडको तीन सय १२ वटा ट्रक, मिनी ट्रक आयात भएका छन् । त्यसैगरी, सोही अवधिमा रु ४३ करोड ३१ लाख मूल्यका चार हजार ६४६ वटा मोटरसाइकल आयात भएका छन् । वीरगञ्ज नाका हुँदै गत गत आर्थिक वर्षमा रु एक अर्ब ६४ करोड मूल्यका साना–ठूला दुई हजार ३३७ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए । वीरगञ्ज भन्सारले गत वर्ष विद्युतीय सवारीसाधन आयातबाट रु एक अर्ब ८0 करोड ४५ लाख राजस्व सङ्कलन गरेको थियो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।