सहयोग प्याकेजसहित इरानलाई वार्तामा ल्याउने अमेरिकी योजना


  प्रकाशित मिति : २०८२ असार १३ गते, १२:३१

अमेरिकाले इरानलाई वार्ताको टेबलमा ल्याउनका लागि थुप्रै सहयोगका प्याकेज अघि सार्ने तयारी गरेको समाचार बाहिरिएको छ। सिएनएनमा जनाइएको समाचार अनुसार ३० अर्ब अमेरिकी डलर बराबरको आणविक ऊर्जा केन्द्र निर्माण र प्रतिबन्ध फुकुवा लगायत अन्य आर्थिक कार्यक्रमको तयारी अमेरिकाले गरेको हो। औपचारिक रूपमा कसैले दाबी नगरे पनि सिएनएनले आफ्नो श्रोतलाई उद्धृत गर्दै यो समाचार प्रकाशित गरेको हो। श्रोतका अनुसार पछिल्लो दुई सातासम्म इरान र इजरायलले युद्ध गरिरहेको समयमा अमेरिका र मध्यपूर्वका मुख्य खेलाडीले वार्ताको प्रयास गरिरहेका थिए। अमेरिकाले इरानमा आक्रमण गरेको एक दिन अघि समेत मध्यपूर्वमा रहेका धेरै देशका अधिकारी र त्यहाँका लागि अमेरिकी दूत स्टिफ विटकोफले इरानलाई गर्ने सहयोगको विषयमा ड्राफ्ट गरेका थिए।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।