पत्रकार दिलभूषण पाठकद्वारा निषेधाज्ञाको निवेदन दायर


  प्रकाशित मिति : २०८२ असार २ गते, १२:२८

साइबर अपराधको कसुरमा पक्राउ पुर्जी जारी भएपछि त्यसविरुद्ध पत्रकार दिलभूषण पाठकले निषेधाज्ञा निवेदन दिएका छन् । पत्रकार पाठकले उच्च अदालत पाटनमा दिएको निषेधाज्ञा निवेदनको सुनुवाइका लागि पेसीसमेत तोकिएको छ । अदालतका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासमा पाठकको पेसी तोकिएको छ । उनको पेसी ‘ढ’ नम्बरमा रहेकाले आजै पालो आउने/नआउने यकिन भएको छैन । हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको छोरा जयवीरलाई जोडिएको भन्दै उनले प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी दिएका थिए । त्यसपछि जिल्ला अदालत काठमाडौंले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता पाठक सम्पर्कविहीन छन् । अहिले उनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो समेतलाई विपक्षी बनाएर निषेधाज्ञाको निवेदन दायर गरेका हुन् ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।