मुख्यमन्त्रि पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसाहि पुन आक्रोसीत


  प्रकाशित मिति : २०८२ जेष्ठ २७ गते, २:००

यातायात व्यवसायीले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । पाण्डेले एक महिनापछि ‘राइड सेयरिङ विनियममवली लागु हुने भनेपछि व्यवसायी आक्रोशित बनेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा यातायात मजदुर संघरसंगठन र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सोमबार काठमाडौंमा छलफल भएको थियो । सो क्रममा यातायात व्यवसायीले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नुको सट्टा एक महिनापछि राइड सेयरिङको नियम लागु हुने भनेर मुख्यमन्त्री पाण्डेले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।

छलफल कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गण्डकीका मुख्यमन्त्रीको अभिव्यक्तिले सार्वजनिक यातायात क्षेत्रलाई पुन आन्दोलन गर्ने अवस्था सिर्जना गर्न खोजेको बताए । हालै सरकार र यातायात व्यवसायीबीच भएको सहमति कार्यान्वयतर्फ ध्यान दिन उनले सुझाव दिए । सिटौलाले रोजगारीका नाममा राइड सेयरिङलाई प्रत्साहित गरेर लाखौँको संख्याका मजदुरलाई समस्या पर्ने काम गर्न नहुने उल्लेख गरे ।

राइड सेयरिङका नाममा उपत्यकालाई अस्तव्यस्त बनाइएको उनको आरोप छ । कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले राज्यको कानुनअनुसार ट्राफिक प्रहरीले काम गर्ने बताए । प्राविधिक तवरले सडक व्यवस्थापनमा ध्यान दिने, ट्राफिक प्रहरीको कामकारबाहीलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि उनले जनाए । अधिकारीले सार्वजनिक यातायात व्यवसायीले पनि आफ्नो सेवालाई जनमैत्री र विश्वसनीय बनाउनसक्नुपर्ने बताए । उनले २० वर्ष पुराना सार्वजनिक सवारीसाधानको व्यवस्थापनका विषयमा कानुन अनुसार अघि बढ्ने स्पष्ट पारे ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।