यातायात व्यवसाहिहरु आन्दोलनमा उत्रिनुको कारण गण्डकी प्रदेशका मुख्य मन्त्रि


  प्रकाशित मिति : २०८२ जेष्ठ ९ गते, ३:०६

जेठ ९,गण्डकी प्रदेश सरकारले हालै ल्याएको ‘राइड शेयरिङ’ नियमावली विरुद्धमा यातायात व्यवसायी र यातायात सम्बद्ध मजदुर संगठनहरु एक ठाउँमा उभिएका छन् । 

गण्डकी प्रदेशको राजधानी पोखरामा बिहीबार विरोध सभा गर्दै उनीहरुले सरकारलाइ चेतावनि दिएका छन् । प्रदेश सकारलाई १४ जेठ सम्मको समय दिइएको र १४ जेठसम्म नियमावली फिर्ता नगरे १५ जेठमा गण्डकी प्रदेशमा आफ्ना सवारीसाधन घर ग्यारेजमा थन्क्याउने र १६ जेठदेखि देशभर नै आन्दोलनमा उत्रने घोषणा गरेको नेपाल यातायात व्यवसाहि राट्रिय महासंघका महासचिव डेगनाथ गौतमले यातायात टेलिभिजन लाइ बताए ।

‘राइड सेरिङ’ नियमावली खारेज नभएसम्म आन्दोलन नरोकिने र  कि रातो नम्बर प्लेटका सवारीले मात्र यात्रु बोक्ने कि सार्वजनिक यातायातका साधन (कालो प्लेटका सवारीसाधन)ले मात्र यात्रु बोक्ने निस्चित गरेर मात्र आन्दोलनले विश्राम लिने उनको भनाइ छ ।सार्वजनिक रुपमा यात्रा गराउने र भाडाको काम गर्ने काम कालो प्लेटले मात्र पाउने कानुनी प्रष्ट व्यवस्था हुँदा हुँदै त्यसको विरुद्धमा रातो नम्बर प्लेटलाई पनि सवारी बोक्न दिने निर्णय गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चलखेल गरेको भन्दै उनले मुख्यमन्त्रीको यस्तो चलखेललाई कुनैहालतमा सफल हुन नदिने बताए ।

गौतमका अनुसार देश व्यापि रुपमा सातैवटा प्रदेशमा ज्ञापन पत्र बुझाउन र्निदेशन दिएको र भोलिबाट सातै प्रदेशमा धमाधम विरोध सभा गरिने छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौला सरोजले मुख्यमन्त्री पाण्डेलाई व्यापार नगरी विकास गर्न सुझाव दिए । मुख्यमन्त्री पाण्डे वर्तमान व्यवस्था विरोधी, व्यवसायी, मुलुकको संविधान र ऐन कानुनका समेत विरोधी भएको आरोप लगाउँदै उनले गण्डकी प्रदेशले ल्याएको ‘राइड सेरिङ’ नियमावली कुनैपनि हालतमा कार्यान्वयनमा जान नदिने बताएका छन् ।

आफूहरु कालो कफन बाँधेर उत्रिएको भन्दै उनले राजनीतिक दलहरुलाई पनि राइड सेयरिङ नियमावलीको विषयमा कित्ताकाँट गर्न आग्रह गरे ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको जानकारी दिएका उनले अब प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री प्रचण्डसंग समेत भेटेर यो विषयको ध्यानाकर्षण गराउने बताए ।गण्डकीका मुख्यमन्त्री पाण्डेले आफ्नै सभापति देउवा र आफ्नै पार्टीका नेता कार्यकर्तासहित मजदुरको समेत कूरा नसुनेर नियमावली ल्याएको उनको भनाई थियो । कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेल, महासचिव योगेन्द्रबहादुर केसीसहित यातायात सम्बद्ध मजदुर संगठनका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।