निजामती कर्मचारी युनियनद्वारा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना


  प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते, १२:४८

जेठ ८,आज बिहिबार निजामती कर्मचारी युनियनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएको छ ।

नेपाल निजामती र्कमचारी युनियनद्वारा प्रस्तावित संघिय निजनमती ऐनमा समग्र निजामती र्कमचारीको वृति बिकासमा कुनै सम्बोधन गर्न सरकार तत्पर नभएको हुदा ऐनमा वृत्ति बिकास सुनिस्चित नभएसम्म चरण बद्द रुपमा आन्दोलन गर्ने जनाएको छ ।

एउटै पदमा जिबनभर बढुवा नहुने जस्तो प्रतिगामी ऐन निजामती र्कमचारीले स्वीकार नगर्ने दश वर्ष सेवा अवधि पुरा भएका कर्मचारीहरुलाइ एक श्रेणी बढुवा गरी तह मिलान गर्नुपर्ने मुख्य माग रहेको नेपाल निजामती र्कमचारी युनियनका केन्द्रिय सदस्य पुण्य प्रसाद ढकालले जानकारी दिनुभएको छ ।

त्यसैगरी अन्तरप्रदेश सरुवाको व्यवस्था समायोजन संसोधन लगायतका मागहरु राखी कर्मचारीहरु आन्दोलित भएका छन । राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको स‌‌ङ्घीय निजामती सेवा विधेयकमा आफ्ना माग मुद्दाको सुनुवाइ नभएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।

२०/२५ बर्ष सम्म वृत्ति बिकास नहुने , फराकिलो वृतिविकास मा अवरोध हुने गरि प्रस्ताव गरिएको संघीय निजामती सेवा ऐनमा १०/१२ बर्ष मा एक श्रेणी वृद्धि हुने गरि तुरुन्त परिमार्जन सहित जारी होस भन्दै नेपाल निजामती कर्मचारी युनियनको नेतृत्वमा सामान्य प्रशासन मन्त्रालयमा १ घण्टाको धर्ना कार्यक्र सम्पन्न भएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।