विश्वको सबैभन्दा ठूलो कारवाहक जहाज सञ्चालनमा​


  प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते, १२:४७

जेठ ५,चीनको ईभी निर्माता कम्पनी बीवाईडीले विश्वकै सबैभन्दा ठूलो कारवाहक जहाज ‘बीवाईडी सेन्जेन’ सञ्चालनमा ल्याएको छ। यससँगै कम्पनीले नयाँ कीर्तिमान कायम गरेको छ।

विश्वकै ठूलो विशाल जहाजले एकैपटक ९ हजार २०० सवारी साधन बोक्न सक्ने जनाइएको छ । जसले विश्वव्यापी विद्युतीय सवारी साधनको ढुवानीमा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

‘बीवाईडी सन्जेन’ जहाज ७२१ फिट अर्थात् २१९.९ मिटर लामो र १२३ फिट अर्थात् ३७.७ मिटर चौडाइ छ । यसमा १६ तल्ला रहेका छन् जसले ठूलो संख्यामा सवारी साधनलाई व्यवस्थित रूपमा राख्छ । जहाजले १९ नट (लगभग ३५ किलोमिटर प्रतिघण्टा)को अधिकतम गतिमा चल्छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।