नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसदपद निलम्बित


  प्रकाशित मिति : २०८२ जेष्ठ १ गते, ४:४५

जेठ १,नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको पद निलम्बित हुने भएको छ ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेका कारण उनको सांसद पद निलम्बित हुने भएको हो । अख्तियारले तत्कालीन सूचना तथा सञ्चार मन्त्री बस्नेत र दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बस्नेत र झासहितका १६ व्यक्ति र कम्पनीविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा दायर गरेसँगै बस्नेतको सांसद पद स्वतस् निलम्बन हुने सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताएका छन् ।

‘भ्रष्टाचार मुद्दा चलेसँगै उहाँको पद स्वतस् निलम्बनमा जान्छ । अब अख्तियारले संसद सचिवालयलाई मुद्दा लगाएको पत्र पठाउँछ’, उनले भने, ‘उक्त पत्र प्राप्त भएपछि सभामुखले सम्भवतस् शुक्रबारको संसद् बैठकमा बस्नेतको सांसद पद निलम्बनमा परेको पत्र पढेर सुनाउनु हुन्छ ।’

सिन्धुपाल्चोक(२ बाट निर्वाचित कांग्रेस सांसद बस्नेतबिरूद्ध विशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर भएसँगै उनको पद निलम्बन हुँदा संघीय संसद् भवन र समितिहरूका बैठकमा भाग लिन पाउने छैनन्। तलब भत्ता पनि रोकिनेछ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।