बैशाख २८,प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण यातायात व्यवस्था विभागले गर्दै आएको अत्यावश्यक लाइसेन्स छपाइ बन्द भएको छ ।
२५ वैशाखदेखि विभागको प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण अनिश्चितकालका लागि यो सेवा बन्द भएको विभागले आइतबार सूचना जारी गर्दै जनाएको छ । विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना, प्रहरी र गैरआवासीय नेपालीका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ हुँदै आएको थियो ।
यो काम अब अर्को सूचना प्रकाशन नभएसम्म बन्द भएको विभागको सूचनामा उल्लेख छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







