१५ सय भन्दा वढि ट्याक्सिहरुले  गरे सट्टा दर्ता


  प्रकाशित मिति : २०८२ बैशाख २६ गते, ५:११

बैशाख २६,साना गाडिको हकमा बागमति प्रदेको सरकारले माप्दण्ड बनाएर सट्टा दर्ता गर्नपाउने सुविधा पनि प्रदान गरेको मा १५ सय भन्दा वढि ट्याक्सिहरु सट्टा दर्ता गरेका छन् ।

सुचना अघिकारि साना ठुला सवारि एकान्तकुना ललितपुरका  अम्बिक घिमिरे ले  यातायात टेलिभिजन लाइ १५ सय भन्दा वढि ट्याक्सिहरु सट्टा दर्ता गरेको बताउनुभयो।

 यातायात टेलिभिजनसंगको कुराकानिमा सुचना अघिकारि घिमिरले  भननुभयो ‘साना गाडिको हकमा बागमति प्रदेको सरकारले माप्दण्ड बनाएर सट्टा दर्ता गर्नपाउने सुविधा पनि प्रदान गरेको छ त्यो भनेको ट्याक्सि,माइक्रोमा पनि छ । त्यसरि सट्टा दर्ता धेरै सवारि धनिहरुले गरिसक्नुभएको छ । ट्याक्सिकै हकमा पनि १५ सय भन्दा वढि ट्याक्सि हरु सट्टा दर्ता सुविधा प्राप्त गरिसक्नु भएको छ । ‘

 नियमित रुपमा अहिले पनि त्यो खुल्ला नै रहेको र सवारि धनिहरुले यदि चाहेको खण्डमा अहिले पनि सट्टा दर्ता प्राप्त गर्न सकिने उनले बताए । नगर्ने सवारी धनिहरुलाइ चाहि चाँडो गर्न, म्याद नागेको गाडिहरु नकुदाउन आग्रह पनि गर्नुभयो। 

‘यसले वातावरणीय प्रदुशण पनि गर्छ ।  यसले हामि तपाँइ उपभोक्ता जो सार्वजनिक सवारी प्रयोग गर्दछौं वहाहरुको सुविधाको लागि र वहाहरुको र्दुघटना न्युनिकरणको लागि पनि यसले सहयोग पुर्याउँछ र र्दुघटना  न्युनिकरणमा सहयोग गर्न अनुरोध गर्दछु । ‘ सुचना अघिकारि घिमिरेले भन्नुभयो।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।