विद्यालयको बसमा आगलागी, बस पूर्ण रूपमा क्षति


  प्रकाशित मिति : २०८२ बैशाख २५ गते, ११:२३

बैशाख २५,रूपन्देही, शुद्धोधन गाउँपालिका वडा नं ४ फर्साटिकरमा रहेको लिटिल फ्लावर हायर सेकेण्डरी स्कुलको बसमा आगो लागेको हो।

बिहीबार बिहान विद्यार्थी बोकेर आउँदै गरेको बस विद्यालय नजिकै पुगेपछि अचानक आगो लागेको स्थानीयले बताएका छन्। आगलागी हुँदा बसमा विद्यार्थी खचाखच थिए।

‘विद्यालयकै अगाडि पुगेपछि अचानक धुँवा पुत्ताउँदै थियो। आगो लागिहाल्यो स्थानीयले मिलेर विद्यार्थीको उद्धार गर्दै गर्दा प्रहरी र दमकल समेत पुगेर आगो निभाउन सकियो,’ स्थानीयले भने। आगलागीबाट विद्यालयको लु १ क १३२६ नम्बरको बस पूर्ण रूपमा क्षति भएको छ। बसमा रहेका विद्यार्थी र चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।