नेपाली प्रेशले अझै प्रभावकारी ढंगले काम गर्नेमा विश्वस्त छु:राष्ट्रपति पौडेल

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ


  प्रकाशित मिति : २०८२ बैशाख २४ गते, ५:००

बैशाख २४,राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली प्रेशले अझै प्रभावकारी ढंगले काम गर्नेमा आफू विश्वस्त रहेको बताए ।

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बुधबार शितल निवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको भन्दै समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनपछि नेपाली जनताले अपेक्षा गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकुल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढंगले काम गर्नेमा आफू विश्वस्त रहेको धारणा राखे ।

सो अवसरमा वरिष्ठ पत्रकार सम्मान पत्रकार महासंघका पूर्व अध्यक्ष विपूल पोखरेल र प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गणेश बस्नेतलाई प्रदान गरिएको थियो भने राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ विमल गौतम, दीपेन्द्र श्रेष्ठ, लोग्शरी कुँवर, दीपेन्द्र बान्तवा, डिल्लीराम खतिवडा र सागर पण्डितलाई प्रदान गरिएको थियो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।