बैशाख २३,भारी वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्र र काठमाडौं– हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज परेको पानीले बाटो चिप्लो हुँदा बिहान ९:१५ बाट सडक अवरुद्ध हुन पुगेको हो। विनयी त्रिवेणी गाउँपालिका– २ विश्वकर्मा मन्दिरमाथि र पैँसठ्ठी मोडमा बाटो चिप्लो र हिलो भएको छ ।
यसअघि शनिबार रातिदेखि पनि भारि बर्षाका कारण सडक अवरुद्ध हुँदा यात्रुहरु बीचबाटोमै अलपत्र परेका थिए । उक्त स्थानमा डाँडा काट्ने, कल्भर्टहरू निर्माण गर्ने, बाटो ढलान र पिच गर्ने काम भइरहेको सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कम्पनीले जनाएको छ।
सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । सडक विस्तारको क्रममा रहेको दाउन्ने खण्डमा पानी पर्दा हिलो र नपर्दा धुलो हुने हुँदा यात्रा कष्टकर हुने गरेको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







