आरआर क्याम्पसमा नेविसंघको तोडफोड

माथिल्लो तलबाट भुइँमा फ्याँकीयो कुर्सी र ल्याप्टप


  प्रकाशित मिति : २०८२ बैशाख २२ गते, ३:४२

बैशाख २२,स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सर्वसम्मत चयन भइसकेको अवस्थामा नेपाली कांग्रेसनिकट नेविसंघले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा तोडफोड गरेको छ ।

सर्वसम्मत रुपमा नेतृत्व चयन गरिसकेपछि नेविसंघको एउटा समूहले सोमबार आरआर क्याम्पसमा तोडफोड गरेको हो । उनीहरूले सर्वसम्मतको साटो निर्वाचन नै गर्नुपर्ने भन्दै तोडफो गरेका हुन् । तोडफोडका क्रममा क्याम्पसको महत्वपूर्ण कागजात च्यातिएको छ। नेविसंघका कार्यकर्ताले प्रशासन कक्षमा रहेका ल्यापटप र कुर्सीसमेत फ्याँकेका छन् ।

नेविसंघका कार्यकर्ताले ल्यापटप र कुर्सी माथिल्लो तलबाट फ्याँकेका थिए । ती सामान माथिल्लो तलाको बरान्डाबाट भुइँमा फ्याँकेर फुटाइएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।