बैशाख २२,नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सरकार जनताको लागि बनेको नभई बिचौलिया, भ्रष्टाचारी र तस्कारहरूका लागि बनेको व्यवहारतः पुष्टि भएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद शाहीले प्रचण्ड नेतृत्वको सरकारको पालामा सुत्न नपाएका बिचौलिया र भ्रष्टाचारीहरू अहिले खुसीको साथ निदाइरहेको बताएका हुन् । सांसद शाहीले सरकार जनताको हित हुने नभई बिचौलियाको हित हुने नीति निर्माण लागेको समेत आरोप लगाए ।
उनले भने, ‘हामीले भनेका थियौँ,यो सरकार जनताको लागि बनेको सरकार होइन । यो सरकार गलत नियतका साथ बनेको सरकार चाहिँ हो । सरकार बिचौलिया, भ्रष्टाचारी र तस्कारहरूका लागि बनेको सरकार चाहिँ हो । सरकारले उनीहरूकै हित गर्छ । आज यो कुरा व्यवहारतः पुष्टि भएको छ सभामुख महोदय । हिजो कमरेड प्रचण्ड नेतृत्वको सरकारको पालमा निदाउन नपाएका दलाल र भ्रष्टाचारीहरू आज खुसीका साथ निदाइरहेका छन् ।’
सरकार सञ्चालकहरू नै देशलाई सङ्कटको भूमरीतिर लैजाने कुचेष्टा गरिरहेको समेत सांसद शाहीको आरोप छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







