बैशाख २१,उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण बन्द गरिएको जनाएको छ ।
केयूकेएले आज एक सूचना जारी गर्दै मेलम्ची खोलामा बाढीसहित धमिलो पानी आएकाले अर्को सूचना जारी नभएसम्मका लागि पानी वितरण बन्द गरिएको जनाएको छ ।
लिमिटेडले वितरण रोकिँदा हुने असुविधाप्रति क्षमा मागेको छ । मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन वर्षा सुरु भएसँगै बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गरिएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







