धुलिखेलमा बस दुर्घटना, १७ जना घाइते


  प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते, १०:३३

काभ्रेको धुलिखेलमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

काठमाडौंबाट ओखलढुङ्गाका लागि हिँडेको अरनिको यातायातको प्रदेश ३००१–००५ख ९९४२ नम्बरको बस आज बिहान धुलिखेल नगरपालिका– १० सारादा बतासेमा दुर्घटना भएको हो ।

२४ जना यात्रु सवार बस सडकको नालीमा पल्टिएर दुर्घटना हुँदा चालक र सह–चालकसहित १७ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका सहायक हवलदार रुद्र लामिछानेले जानकारी दिए ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।