साढे १५ अर्बको विद्युुतीय गाडी आयात


  प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते, ६:५८

चालुु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा साढे १५ अर्ब बराबरको विद्युुतीय गाडी आयात भएका छन् ।  

भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आवको साउनदेखि माघसम्म १५ अर्ब ४० करोड २१ लाख ९७ हजार बराबरको विद्युुतीय गाडी आयात भएका हुुन् ।

विद्युुतीय गाडी आयात गरेर नौ अर्ब आठ करोड ४२ लाख रुपियाँ राजस्वसमेत सङ्कलन भएको छ । सबैभन्दा धेरै विद्युुतीय गाडी रसुुवागढी भन्सार नाका र तातोपानी भन्सार नाकाबाट आयात भएका छन् ।

सात महिनामा चीनसँगको व्यापारिक रसुवागढी नाकाबाट नौ अर्ब ७९ करोड रुपियाँ बराबरको विद्युुतीय गाडी आयात भएको रसुुवागढी भन्सार कार्यालयले जनाएको छ । विद्युतीय गाडी आयात गरेर पाँच अर्ब ९३ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ ।

यस्तै सात महिनामा तातोपानी भन्सार नाकाबाट पाँच अर्ब ३७ करोड ५६ लाख २५ हजार रुपियाँ बराबरको गाडी आयात भएको छ । सो नाकाबाट विद्युुतीय गाडी आयातमार्फत दुुई अर्ब ९४ करोड ९३ लाख ७७ हजार रुपियाँ राजस्व सङ्कलन गरिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

पछिल्लो समय बजारमा विद्युतीय गाडीको आकर्षण बढ्दै गएको छ । विद्युतीय गाडीको प्रवर्धन गर्ने सरकारको नीतिसँगै डिजेल, पेट्रोलबाट चल्ने गाडीको तुलनामा सस्तो पर्ने हुँदा उपभोक्ताको रोजाइमा विद्युतीय सवारी पर्न थालेको हो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।