कतारको सडक दुर्घटनामा युवा व्यवसायी आचार्यको मृत्यु


  प्रकाशित मिति : २०८१ फाल्गुन १० गते, १:२०

काठमाडौं । कतारमा व्यवसाय सञ्चालन गर्दै आएका नेपाली युवा उद्यमी तथा समाजसेवी झविन्द्र आचार्यको सडक दुर्घटनामा मृत्यु भएको छ ।

गुल्मीको मालिका गाउँपालिका निवासी ४० वर्षीय आचार्य गम्भीर घाइते भएपछि हमाद अस्पतालमा उपचाररत थिए । तर, चिकित्सकको प्रयास बावजुद उनको मृत्यु भएको हो ।

नेपाली समुदायमा सक्रिय रहँदै आएका आचार्य गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष, लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष तथा गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकारसमेत थिए ।

हाल उनको पार्थिव शरीर कतारको सनैया स्थित हमाद अस्पतालको मर्चरी सेन्टरमा राखिएको छ।  नेपाली समुदायमा सामाजिक कार्यमा समर्पित आचार्यको निधनले कतारस्थित नेपाली समाजलाई स्तब्ध बनाएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।