पाथीभरा केबलकार निर्माणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै


  प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते, ११:२४

काठमाडौँ । पाथीभरामा केबलकार निर्माण रोक्न माग गर्दै दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको छ ।

आईन्द्र कुमार लिम्बु समेतको वारेस अमृता थेबेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, ताप्लेजुङको फुङलिङ नगरपालिका कार्यालय, जिल्ला वन डिभिजन कार्यालय ताप्लेजुङ, पाथीभरा क्षेत्र विकास समिति फुङलिङलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेकी हुन् ।

गत पुस १८ र माघ ३ गते गरी यस सम्बन्धी दुई वटा रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन् ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।