काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि ढल फुट्दा सडक जलमग्न भएको छ।
ढलको फोहोर पानी सडकभरि फैलिँदा सवारी आवागमन प्रभावित भएको छ भने पैदलयात्रुहरूलाई हिँडडुल गर्न समस्या परेको छ।
ढल फुटेर आएको पानीले सडकभरि बाढीजस्तै देखिएको छ। सडकमा पानी जम्दा यात्रुहरू अड्किएका छन् भने सवारी साधन जाममा परेका छन्।
यात्रुहरूलाई असहजता भएपछि ट्राफिक प्रहरीले वैकल्पिक व्यवस्था गर्न प्रयास गरिरहेको छ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







