संगीत रोयल्टी तिर्न १० दिने ‘अल्टिमेटम’ पाएपछि यातायात व्यवसायी आक्रोशित


  प्रकाशित मिति : २०८१ मंसिर २० गते, ८:२३

संगीत रोयल्टी संकलन समाजका नाममा देशभरि सञ्चालित सार्वजनिक यातायातलाई अनिवार्य रोयल्टी तिर्न १० दिने ‘अल्टिमेटम’ प्राप्त भएपछि यातायात व्यवसायी आक्रोशित बनेका छन् ।

समाजले सवारीसाधनका नाममा ५ सय ६५ देखि ३ हजार ३ सय ९० रुपैयाँसम्म रोयल्टी तोकेर १० दिनभित्र नबुझाए २ लाखसम्म जरिबाना गर्ने बेहोरा सहित सूचना पठाएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ महासचिव डेकनाथ गौतमले जानकारी दिनुभयो । थानकोट सहित नाकामा जबर्जस्ती रकम असुल गर्न थालिएपछि यसरी विरोध गर्नुपरेको उहाँको भनाइ छ । महासंघले सहमतिविना जबर्जस्ती समाजले रोयल्टी संकलनको अल्टिमेटम दिएको समेत जनाएको छ ।

जबर्जस्ती रोयल्टी उठाउन खोजे जस्तोसुकै अवस्थाको सामना गर्ने र त्यसपछिको जिम्मेवारी समाजले लिनुपर्ने व्यवसायीको भनाइ छ ।

उता, समाजले भने टेम्पुमा प्रतिवर्ष ५ सय ६६, ट्याक्सी, माइक्रो र जिपमा १ हजार १ सय ३०, मिनीबस १ हजार ६ सय ९५ र ठूला बसमा २ हजार २ सय ६० रुपैयाँ रोयल्टी तोक्दै अल्टिमेटम दिएको हो ।

लामो दूरीका साधनलाई अधिकतम २ हजार ८ सय २५ रुपैयाँ र पर्यटक बसलाई अधिकतम ३ हजार ३ सय ९० रुपैयाँ रोयल्टी तोकेर पठाएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।