दार्चुलामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ। अन्य ५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दुर्घटनामा घाइते भएका थप एकजनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या ८ पुगेको हो।
उनका अनुसार मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलिप बिष्ट र ४० वर्षीया मिना लेखक, वडा नम्बर–५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, २५ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–५ का ५० वर्षीय बिरेन्द्र बोहरा, सोही ठाउँका १६ वर्षीय सुजिव बोहरा, युपी भारतका ४५ वर्षीय मोहमद शाकिर र मेजावट भारतका १८ वर्षीय मोहमद ओसिल रहेका छन्।
यस्तै दुर्घटनामा परी जिपका चालक मालिकार्जुन–८ पस्तीका सुनिल जोशीको टाउकोमा गम्भीर चोट लागेको छ भने ठेगाना नखुलेका २२ वर्षीय प्रकाश रावल, डिलाशैनी–५ का उत्तम रोकाया, शैल्यशिखर लेकगाउँका सन्दिप रावल र भारतका रोहिन शाहको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको उनले बताए।
मालिकार्जुन गाउँपालिकामा पर्ने मालिकार्जुन धाम मेलाबाट फर्किरहेको म १ ज ३३८ नम्बरको जिप आज बिहान ४ बजेतिर दुर्घटनामा परेको हो।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







