नयाँ बानेश्वरको मीनभवनस्थित अल-इन-वान मार्टमा दुई दिने ‘इभि हाटबजार’ मेला सञ्चालन भएको छ। आजदेखि सुरु भएको उक्त मेला भोलि(बुधबार)सम्म चल्ने छ।
इभि हाटबजार मेलामा हरविन, प्युर, यदे, सररन, निउ, एअन, भोल्ट, टाटा, अथेर, सेगवे, बिड, रिददरलगायत २३ वटा कम्पनीहरूका इलेक्ट्रिक दुई पांग्रे र चार पांग्रे सवारीसाधन उपलब्ध छन्।
इभि हाट बजारका व्यवस्थापक विशाल मानन्धरले इलेक्ट्रिक सवारीसाधनबारे जानकारी दिनको लागि पनि यो मेला सञ्चालन गरिएको बताए।
‘हामीले एकै ठाउँमा ती कम्पनीहरूका दुई र चार पांग्रे गाडीहरू राखेका छौँ,’उनले भने। उनका अनुसार नयाँ र पुरानो दुवै स्कुटर,चार पांग्रे सवारीसाधनको लागि एक्सचेन्जको सुविधा छ। नयाँको लागि छान्न पाइने छ।
अर्का इभि हाटबजारका व्यवस्थापक बबिन मकाजुले बैंकिङ फाइनान्सको पनि सुविधा रहेको जानकारी दिए। उनका अनुसार स्कुटरमा मूल्यअनुसार १५ हजारदेखि ८० हजारसम्म क्यास डिस्काउन्टको व्यवस्था छ। ‘गाडीहरूमा पनि विभिन्न कम्पनीको ब्राण्डअनुसारको क्यास डिस्काउन्टको व्यवस्था छ,’उनले भने।
बिहान ११ बजेदेखि खुल्ने इभि हाटबजार साँझ ७ बजेसम्म सञ्चालन हुने छ। उक्त बजारमा फुड स्टल,लाइभ म्यूजिकको पनि व्यवस्था गरिएको छ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







