सुर्खेतको बराहताल गाउँपालिका–८ हुर्केमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बिहीबार बिहान जुम्लाबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी दुर्घटनामा गम्भीर घाइते दैलेखको ठाटिकाध – ४ घर भइ वीरेन्द्रनगर नगरपालिका – १ बस्ने ३५ वर्षका दीपक शाहीको मृत्यु भएको हो ।
गम्भीर घाइते उनलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पुर्याएको थियो । उनलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए । घाइते सबैको अवस्था सामान्य रहेको र कर्णाली केयर अस्पतालमा उपचार भइरहेको उनले बताए । उनका अनुसार गाडीमा बच्चासहित २९ जना सवार थिए । तीव्र गतिमा रहेको गाडी अनियन्त्रित भइ सडक छेउमा पल्टिन पुगेको उनले बताए ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







