उडिरहेको विमानलाई बमले उडाइदिने धम्कीपछि ‘डाइभर्ट’


  प्रकाशित मिति : २०८१ कार्तिक ४ गते, ११:१६

उडिरहेको एक विमानलाई बमले उडाइदिने धम्कि दिएपछि बीचबाटै डाइभर्ट गरिएको छ। उक्त विमान भारतको दिल्लीबाट शुक्रबार बेलायतको लन्डन गइरहेको थियो ।  ‘भिस्टारा’ एयरलाइन्सको सो विमान बमको धम्कीपछि जर्मनीको फ्र्याङ्कफर्टतर्फ डाइभर्ट गरिएको थियो ।

शनिबार बिहान सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी  दिँदै ‘भिस्टारा’ ले भनेको छ( दिल्लीबाट लन्डन जाने उडान नम्बर यूके १७ लाई फ्र्याङ्कफर्ट डाइभर्ट गरिएको छ।

अर्को ‘एक्स’ पोस्टमा डाइभर्ट गरिएको उडान नम्बर यूके १७ फ्र्याङ्कफर्ट एयरपोर्टबाट उडेको र छिट्टै लन्डन पुग्ने बताएको थियो।

समाचार एजेन्सी पीटीआईका अनुसार शनिबार बिहान ‘भिस्टारा’ का प्रवक्ताले उडान फ्र्याङ्कफर्ट एयरपोर्टमा सुरक्षित अवतरण भएको र अनिवार्य जाँच भइरहेको बताएका थिए। सुरक्षा निकायबाट स्वीकृति पाएपछि विमान लन्डन प्रस्थान गर्नेछ।

प्रवक्ताले भने( १८ अक्टोबर २०२४ मा दिल्लीबाट लन्डनका लागि उडान गर्ने तालिकाको भिस्टारा उडान यूके१७ लाई सामाजिक सञ्जालबाट सुरक्षा खतरा प्राप्त भयो। प्रोटोकलअनुसार सबै सम्बन्धित अधिकारीलाई तुरुन्तै सूचित गरिएको थियो र सावधानीका रूपमा पाइलटहरूले उडान फ्र्याङ्कफर्टमा डाइभर्ट गर्ने निर्णय गरे।
एजेन्सी

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।