काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गरेबापत गाडी चालकले आजदेखि डिजिटल चिट पाउने भएका छन् । यसअघि कागजको चिट काटेपछि भुक्तानीका लागि अरू प्रक्रियामा जानुपर्ने अवस्था रहेकोमा अब ट्राफिक प्रहरीले डिजिटल चिट दिने र जरीमाना अनलाइनमार्फत त्यहीँ भुक्तानी गर्न सक्ने व्यवस्था भएको हो ।
नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएसँगै जरीमाना तिर्दा हुँदै आएको झन्झट अन्त्य हुने प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो ।
यस्तै चालक अनुमतिका लागि ुट्रायलु पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ । यसबाट लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ । यस्तै नागरिक एप चलाउनेले अबदेखि लाइसेन्स बोक्नुपर्ने छैन । नागरिक एपमा रहने चालक अनुमतिपत्रमा क्यूआर कोड देखाउने व्यवस्था गरिएको छ ।
ट्राफिक प्रहरीले इचलान डिजिटल एपमार्फत सडक नियम उल्लङ्घन गर्ने चालकको मोबाइलमा देखिने क्यूआर कोड स्क्यान गरेर कारबाहीको विवरण प्रविष्ट गर्नेछन् । लगत्तै नागरिक एपमा ट्राफिक नियम उल्लङ्घन कोलममा कसूर र जरीमाना रकमसहितको डिजिटल चिटको विवरण र जरीमाना भुक्तानी गर्ने माध्यम देखाउने व्यवस्था छ । यसबाट चालकले तत्कालै डिजिटल वालेट मार्फत जरीमाना रकम भुक्तानी गर्न सक्नेछन् ।
प्रहरी नायब महानिरीक्षक बोहराका अनुसार पहिलो चरणमा काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लामा ुडिजिटल चिटु व्यवस्था कार्यान्वयनमा ल्याइनेछ । डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







