वीपी राजमार्ग दशैंअघि नखुल्ने, बिकल्पमा कुन सडक ?


  प्रकाशित मिति : २०८१ अशोज १७ गते, ५:३३

काभ्रेको धुलिखेल हुँदै खुर्कोट निस्किने वीपी राजमार्ग दशैंअघि नखुल्ने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार १२ किलोमिटर भत्किएको सडकलाई दशैंअघि मर्मत मात्र नभएर अस्थायी रुपमा समेत खुलाउन नसकिने निचोड निकालिएको बताउनुभयो ।

नेपाली सेनासहित मन्त्रालय र प्राविधिक टोली बुधबार सडक खुलाउने विषयमा अनुगमनका लागि हेलिकोप्टरमा पुगेको थियो।

असोज ११ र १२ गते रोशी खोलामा आएको बाढीले सडक बगाएको थियो। पहाडसम्म नै खोलाले भत्काएका कारण त्यो तत्काल सम्भव हुने अवस्थामा नरहेको सचिव शर्माले जानकारी दिनुभएको हो ।

यसको विकल्पमा दक्षिणकालीदेखि हेटौंडा र भिमानसम्मको बाटो खुलाउने विषयमा अध्ययन भइरहेको र त्यसलाई सहजीकरण गर्ने तयारी भएको बताइएको छ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।