काठमाडौैँ –राजधानी काठमाडौँ छिर्ने नौबिसे नागढुङ्गा सडक बिहीबार साँझदेखि अवरुद्ध रहेको छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोले पृथ्वी राजमार्गको नौबिसे मुग्लिङ खण्ड पनि अवरुद्ध छ । जताततै आएको पहिरोका कारण राजमार्ग सुचारु हुने सम्भावना न्यून रहेको छ । यसैबिच त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्ड अन्तर्गत झ्याप्लेखोलामा खसेको पहिरो पन्छाउने काम सुरु भएको छ । सडकको लामो भाग लेदोले ढाकेको र पहिरोमा दुई वटा बससहितका सवारी साधन पुरिएकाले सावधानीपूर्वक काम गर्नुपर्ने हुँदा आज दिनभर समय लाग्न सक्ने धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो । केसीका अनुसार पृथ्वीराज मार्गमा रहेका केही पहिरो शनिवार हटाएको छ भने केही पहिरो बिहानदेखि नै हटाउने कार्य थालिएको छ ।
त्रिभुवन राजपथ र पृथ्वीराज मार्गका विभिन्न ठाउँमा दर्जनौँ पहिरो भएका कारण राजमार्ग आज सुचारु गर्न कठिन हुने प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी गराउनु भएको छ । पाण्डेका अनुसार सबै सुरक्षाका सबै संयन्त्र र साधनहरूलाई राजमार्गमा रहेका पहिरो हटाउन प्रयोग गरिएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







