झापामा दुई वटा भारतीय ट्रकमा आगजनी


  प्रकाशित मिति : २०८१ अशोज ७ गते, ९:३६

झापामा दुई वटा भारतीय ट्रकमा अज्ञात समूहले आगजी गरेका छन् । गएराति साढे ११ बजे कन्काई –८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा एउटा ट्रकमा आगो लगाएको प्रहरीले जनाएको छ । 

बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै जाँदै गरेको यूपी५७एटी ४४९३ नम्बरको  भारतीय मालबाहक ट्रकमा अगो लगाएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ बोकेको ट्रकमा ६ वटा मोटरसाइकलमा आएका १०/१२ जनाले आगजनीगरी फरार भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । 

ट्रकमा भएको आगजनीबाट सोही ट्रकका चालक भारत सिलिगुडी बस्ने वर्ष ४० का कुमार महतो जलेर सामान्य घाइते भएका छन् । उनको दाहिने हातको पाखुरा जलेको प्रहरीले जनाएको छ । उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, बिर्तामोडको गिरिबन्धु टि स्टेट अगाडि पूर्वपश्चिम राजमार्ग काकरभिट्टातिर गइरहेको भारतीय ट्रकमा पनि आगजनी गरिएको छ । डब्ल्यूबी७३ ई ३०५६ नम्बरको खाली ट्रकमा आगो लगाएको प्रहरीले जनाएको छ । राति साढे दुई उक्त गाडीमा आगजनी गरिएको हो । 

बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोड र सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो । ट्रकको इन्जिनमा क्षति पुगेको झापा प्रहरीले जनाएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।