धोबिखोलामा खसेको ट्याक्सी सशस्त्रले निकाल्यो


  प्रकाशित मिति : २०८१ भदौ ३१ गते, ११:४१

अनामनगरस्थित भाटभटेनी नजिकैबाट धोबिखोलामा खसेको ट्याक्सी सशस्त्र प्रहरीले निकालेको छ । थापाथलीस्थित युनएन पार्कबाट ट्याक्सी निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए । 

आइतबार साँझ बा.२ज. १७९२ नम्बरको ट्याक्सी अनियन्त्रित भएर धोबिखोलामा खसेको थियो । दुई जना गोताखोर सहितको टोलीले नदीबाट ट्याक्सीलाई निकालेको थापाले बताए ।

ट्याक्सी चालक ३३ वर्षीय उर्गेन लामालाई घटना भएको केहि मिनेटमै प्रहरीले उद्धार गरेको थियो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।