ख्वप भक्तपुर मिनिबस यातायात प्रालिको अध्यक्षमा ज्ञानेन्द्र महर्जन विजयी हुनुभएको छ । ख्वप भक्तपुरको दुधपाटी स्थित मिनिबस यातायात प्रालिको कार्यालयमा शनिवार भएको निर्वाचनमा महर्जन ५० मतले विजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्द्धी राजु भाई लोहलाले ४० मत प्राप्त गर्नुभयो ।
त्यसैगरि व्यवसायीहरुको प्रतिनिधित्व संयोजक तर्फभने ज्ञानेन्द्र महर्जनको प्यानलनै विजयी भएको जनाइएको छ ।
शनिवार बिहान ८ बजेबाट सुरुभएको मतदान प्रक्रिया दिउँसो २ बजेसम्म चलेको थियो भने साढे २ बजेबाट मतगणना सुरु भई बेलुकी ६ अन्तिम नतिजा सार्वजनिक गरिएको थियो। उक्त निर्वाचनमा ३०४ जना व्यवसायीमध्ये २९९जना व्यवसायीले मतदान गरेका थिए भने १०१ शेयर सदस्यमध्ये ९२ जना मतदानमा सहभागी भएका थिए ।
अध्यक्षको पदमा निर्वाचित पश्चात यातायात टिभिसँगको कुराकानीमा महर्जनले यातायात क्षेत्रलाई सुधार गर्नु आफ्नो प्रमुख दायित्व रहेको बताउदै यातायात महासंघलाई यसबारे घचघच्याउने बताउनुभयो ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







