मध्यपहाडी लोकमार्गमा सरकारी जिप पल्टिँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । घटनामा उनकै आमा ६१ वर्षीय गोपीमाया बुढाको समेत निधन भएको छ।
दुर्घटनामा तीनजनाकाे मृत्यु भएकाे प्रहरीले पुष्टि गरेकाे छ । मृत्यु भएका एक पुरुषको पहिचान खुलेको छैन ।
शुक्रबार बिहान पौने ९ बजे गलकोट नगरपालिका वडा नम्बर-२ को भुँखानीमा रा १ झ २०० नम्बरको पिकअप सडकदेखि ३ सय मिटर तल खसेको थियो । उक्त गाडी काठमाडौंदेखि रुकुम पूर्व जाँदै गरेको खुलेको छ । उक्त दुर्घटनामा एकजना पुरुष घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि बागलुङ अस्पताल पठाइएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







