सार्वजनिक यातायात केन्द्रिय महासंघले सर्वोच्चको निर्णय स्वागत योग्य रहको भनाई


  प्रकाशित मिति : २०८१ भदौ २७ गते, ५:५४


काठमाडौैँ–सार्वजनिक यातायात केन्द्रिय महासंघले सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका ट्रक यतायात क्षेत्रका विभिन्न विषयमा भएको मन्त्रीपरिषद्को निर्णयहरुलाई बदर गरेको निर्णयलाई स्वागत योग्य रहको जनाएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले २०७५ श्रावण १ गते दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले महासंघको कानूनी स्थिति र यातायात क्षेत्रमा भएका मन्त्रीपरिषद्को निर्णयहरुलाई बदर गरेको थियो । यो निर्णायलाई सार्वजनिक यातायात केन्द्रिय महासंघले पनि स्वागत गदैँ कोशी बस व्यवसायी संघ तथा पूर्वाञ्चल यातायात व्यवसायी संघलाई धन्यवाद समेत दिएको छ


सार्वजनिक यातायात केन्द्रिय महासंघका महासचिव भरत नेपालले हामीसँगको कुराकानीमा भन्नुभयो,‘यो विषय लामो समयसम्म मुद्धा चलेको थियो र अहिले मुद्धा फैसला भयो अदालतबाट जुन निर्णय आएको छ त्यसलाई हामीले सहर्ष स्विकारेका छौँ, सरकारले यस विषयमा अध्ययन नै नगरी जुन निर्णय गरको गरेको थियो त्यो त्रुटिपूर्ण थियो र त्यो विषयमा सकरात्मक निर्णय आयो हामी खुसी छौँ ।’ उहाँले भन्नुभएको थियो ।

Tags :

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।