नाडा शो सम्पन्न, ८२ हजारले गरे अवलोकन


  प्रकाशित मिति : २०८१ भदौ १६ गते, १०:०६

 अटो मेला ‘नाडा अटो शो २०२४’ आइतबार सकिएको छ । ११ भदौबाट राजधानीको भृकुटीमण्डपमा सञ्चालित १६औं संस्करणको शोमा ८२ हजार ४ सय ७० दर्शकले अवलोकन गरे ।

आयोजकका अनुसार धेरै नयाँ ब्रान्डका विद्युतीय सवारीसाधन (ईभी) को सहभागिताका कारण शोमा निकै ठूलो भीड लागेको थियो । अटोमोबाइल व्यवसाय सुस्ताइरहे पनि आयोजना गरिएको शोले देशको अर्थ व्यवस्था चलायमान बनाउन सहायकसिद्ध भएको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । शाको प्रमुख प्रायोजक टाटा डट ईभी थियो ।

यसपालि अटो शोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मिहिनेत गरेको देखिन्छ । त्यसैगरी शोमा उत्कृष्ट चार पाङ्ग्रे सवारीसाधनको स्टल सीजी मोेटर्स प्रालिको रीडराले जितेको छ भने उत्कृष्ट दुई पाङ्ग्रेतर्फको स्टल बैैद्य इनर्जी प्रालिको एथेरले जितेको छ ।

त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेस्ट स्टल अवार्ड एमएडब्लुु प्र्रालिको सोकोनले जितेको छ । बेस्ट कम्पोनेन्टको पुरस्कार सत्यदीप इन्टरनेसनल प्रालिको भिडोलले जितेको छ ।

समापन कार्यक्रममा नाडा अध्यक्ष करण चौधरीले शोलाई सफल बनाउन सहयोग पु¥याउने सबै सरोकारवाला कम्पनी र संस्थालाई धन्यवाद दिए ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।