‘अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रको योगदान महत्वपूर्ण’


  प्रकाशित मिति : २०८१ भदौ १३ गते, ३:३१

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा काठमाडाैँको भृकुटीमण्डपमा आयोजित नाडा अटो शोको अवलोकनका लागि पुग्नुभएका मन्त्री दाहालले यस क्षेत्रको विकासका लागि मन्त्रालय प्रतिवद्ध रहेको बताउनुभयो । देशको यातायात, अर्थतन्त्र र रोजगारीमा अटोमोबाइल्स क्षेत्रले महत्वपूर्ण सहयोग पुर्‍याइरहेको बताउँदै उहाँले नागरिकलाई आधुनिक, सुलभ र सुरक्षित अटोमोबाइल्स सेवा पुर्‍याउन मन्त्रालय नाडासँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

अटोमोबाइल्स तथा यससँग सम्बन्धित उद्योग तथा व्यावसायले नेपालमा स्वरोजगारी सिर्जना गरिरहेको भन्दै मन्त्री दाहालले प्रविधिमैत्री संरचना निर्माणलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको बताउनुभयो । यही भदौ ११ देखि १६ गतेसम्म सञ्चालन हुने अटो शो अवलोकनका लागि मन्त्री दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्मालगायत मन्त्रालयका अधिकारी सहभागी हुनुभएको थियो । एसोसिएसनका अध्यक्ष करण चौधरीले अटो शो तथा नेपालमा अटोमोबाइल्स क्षेत्रका विभिन्न समस्या र सम्भावनाबारे मन्त्री दाहाललाई जानकारी गराउनुभएको थियो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।