बाँकेमा बस दुर्घटना हुँदा २७ जना घाइते २ को मृत्यु


  प्रकाशित मिति : २०८१ भदौ १३ गते, २:३१


बाँकेमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको ज्यान गएको छ । २७ जना घाइते भएका छन् । कोहलपुर–नेपालगञ्ज सडक खण्डको गनापुरमा दाङबाट नेपालगञ्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस गनापुरमा मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीका अनुसार ज्यान गुमाउनेमा दाङको तुलसीपुरका सन्तोष भुसाल र मानबहादुर ओली रहेका छन् । घाइतेहरूलाई नेपालगञ्जको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा पठाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।