तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ।
सशस्त्र प्रहरी बलका अनुसार १४ जनाको शव निकालिएको छ । १६ जना घाईतेलाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाएको जनाइएको छ ।
भीर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने काम भइरहेको जनाइएको छ। उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जनाको टोली खटिएको छ। प्रहरी र सेना पनि उद्धारमा खटिएको छ।
पोखरादेखि काठमाडौँका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार अहिले घटनास्थलबाट सेना प्रहरीले उद्धारको काम गरिरहेको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







