तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ ।
पोखरादेखि काठमाडौँका लागि छुटेको बसमा ४० जना यात्रु रहेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार अहिले घटनास्थलबाट सेना प्रहरीले उद्धारको काम गरिरहेको छ । दुर्घटनाको कारणबारे खुल्न बाँकी छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







