काठमाडौं भित्रिने मुख्य नाका नागढुङ्गामा एकतर्फी रुपमा गाडी चलिरहेका छन् । पहिरोका कारण हिजो झण्डै ६ घण्टापछि एकतर्फी रुपमा गाडी सञ्चालनमा आएको हो । पहिरो ठूलो भएकाले पन्छाउन समय लागेको र दुईतर्फी रुपमा खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाण्डौ जोड्ने अर्को मुख्य सडक खण्ड मुग्लिन–नारायणगढमा भने सामान्य रुपमा गाडी चलिरहेका मुग्लिन प्रहरीले जनाएको छ । पोखरा जोड्ने सडक भने बन्द छ । तनहुँको घाँसीकुवामा हिजोदेखि खसेको पन्छाउन नसक्दा राजमार्ग अवरुद्ध भएको हो ।
पोखरा भित्रिने र पोखराबाट बाहिरिने गाडी तनहुँमा रोकिएका छन् । करिब एक सय मिटर माथिबाट खसेको पहिरोले सडक पुरिएकोले खुलाउन समय लाग्ने तनहुँ प्रहरीले जनाएको छ । साना गाडीलाई तालघरे हुँदै पहिरो कटेर घाँसीकुवामा निस्कने वैकल्पिक बाटो भए पनि ठूला गाडी भने चल्न सकेका छैनन् ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







