पोखराबाट उडेको बुद्धको विमान २० मिनेट काठमाडौंको आकाशमा घुमेर भैरहवा पुग्यो


  प्रकाशित मिति : २०८१ भदौ ५ गते, १:१९

पोखराबाट काठमाडौं आएको बुद्ध एयरको विमान २० मिनेटसम्म काठमाडौंको आकाशमा घुमेर भैरहवा पुगेको छ। 

काठमाडौंमा मौसमको खराबीका कारण अवतरणका लागि प्रयास गर्दा २० मिनेटसम्म पनि अनुकुल नभएपछि भैरहवामा अवतरण भएको हो। 

विहान ७ बजेर २५ मिनेटमा उड्नुपर्ने विमान ९ बजेपछि मात्र उडेको थियो। बुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ मा ७२ जना यात्रु थिए। 

तर उसले काठमाडौंमा अवतरण गर्न नसकेको विमानस्थल स्रोतले जनाएको छ। यसपछि अवतरणका लागि पोखरा फर्किने तयारी गरे पनि उताको मौसममा समेत समस्या देखिएपछि भैरहवामा १० बजेर २० मिनेटमा अवतरण गरिएको थियो। 

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।